जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन

काठमाडौं । सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबिच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको पनि उनले बताए ।

‘जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने र राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ,’ प्रवक्ता खरेलले भने, ‘उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकता राखेर कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *