जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकार र जेनजी प्रतिनिधिहरूबिच भएको सहमति अनुसार कार्यादेश थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

दुई पक्षबीच बुधबार साँझ भएको सम्झौता अनुसार पाँचवटा कार्यादेश थप्ने सहमति भएको थियो ।

‘सम्झौता बमोजिम मन्त्रिपरिषद् असोज ६ गते निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *