कठमाडाैं। आज साताको अन्तिम काराेबारकाे दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ को विन्दुमा बन्द भएको छ ।
आज ३२६ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको १२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सागर डिस्टिलरीको ९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । याे कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.४२ प्रतिशतका दरले गुमाएका छन् ।







