काठमाडाैं। आज शेयर बजार घटेको छ । नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ को विन्दुमा बन्द भएको छ ।
आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोडको शेयर कारोबार भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ११ कराेड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै झापा इनर्जीका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९.३० प्रतिशतका दरले गुमाएका छन् ।







