काठमाडाैं। आज शेयर बजार बढेको छ । आज मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को विन्दुमा बन्द भएको हो।
आज ३३१ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड माथिको शेयर कारोबार भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ११ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युत कम्पनीको ९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका इकाइधनीले ९.९९ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका हुन् ।







