सम्पदा लघुवित्तको तथ्यहीन दावी – मन्जुश्री फाइनान्समा हाम्रो कारोबारै छैन

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय सँस्था लिमिटेडले मन्जुश्री फाइनान्समा आफ्नो कारोबार नै नभएको दावी गरेको छ। पाँच लघुवित्तमा लगानी भएको मन्जुश्री फाइनान्सबाट प्रवाह भएको ५० करोड जोखिममा रहेको भन्ने समाचारमा आपत्ति जनाउँदै समता लघुवित्तका डेपुटी जेनेरल मेनेजर सिताराम पण्डितले उक्त सँस्थामा आफ्नो कारोबार नै नरहेको दावी गरेका छन्।

सुरुमा मन्जुश्री फाइनान्ससँग कारोबार नै नभएको दावी गरेका पण्डितले फाइनान्सको बार्षिक प्रतिवेदनमा कर्जा लगानी भएका सँस्थाहरुमा सम्पदा लघुवित्त वित्तीय सँस्था समेत रहेको तथ्य गलत हो भन्ने त ? भन्ने प्रश्नमा ऋण लिएको तर आर्थिक बर्षको अन्त्यमै चुक्ता गरिसकेको अर्को दावी गरे। त्यसपछि उक्त दावीलाई समेत खण्डन गर्दै फाइनान्सले आफ्नो वित्तीय विवरणमा प्रवाह भएका कर्जाहरुको सुचीमा किन सम्पदा लघुवित्तको नाम राख्यो त ? भन्ने प्रश्नको जवाफमा पण्डितले अन्तत: मन्जुश्री फाइनान्समा ऋण रहेको बिषय स्वीकार गरेका छन्।

उनले भनेका छन्,- ‘हो हामो ऋण छ तर रेगुलर छ। किस्ता बुझाई रहेका छौँ।’ पण्डितले सम्पदा लघुवित्तका निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको र यस सँस्थाबाट प्रवाह भएका कुनै पनि कर्जा डिफल्ट नभएको दावी गरेका छन्।

मन्जुश्री फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणमा सम्पदा लघुवित्तमा ६ करोड ५o लाखभन्दा बढी रुपैयाँ लगानी भएको उल्लेख छ।

पाँच लघुवित्तको लगानी डुब्दा मन्जुश्री फाइनान्सको ५० करोड जोखिममा, कुन सँस्थामा कति डुब्यो ?

मन्जुश्री फाइनान्सका दर्जनौँ ऋणी फरार: अर्बौं ऋण अपचलन, अदालतमा मुद्दै–मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *