ईङवा हाइड्रोपावरले डाक्यो साधारणसभा, शेयरधनीको हात रित्तै

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे १६औं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीले सभाका लागि आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

त्यसका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले आगामी पुस ८ गते मंगलबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको छ। तसर्थ बुक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ७ गतेसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *