हितेन्द्रदेवलाई विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश

काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ ।

साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ ।

घिसिङले सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । त्यसपछि शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दे सर्वाेच्च अदालत पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *