जिल्ला फुटबल संघ चुनाव : बलियो स्थितिमा पंकज

आगामी चार वर्षको लागि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन असार पहिलो साता हुने तय छ । यसअघि १५ जेठका लागि तोकिएको चुनाव सर्दै ६ असारमा पुगेको हो । जसअन्तर्गत एन्फाले आफ्ना चार वर्षे कार्यकाल पूरा गरेका सम्बन्धित जिल्ला फुटबल संघ, आफूअन्तर्गत रहेका खेलाडी, रेफ्री, महिला र प्रशिक्षक संघको समेत निर्वाचन गर्दैछ र केहि भएका छन् ।

यस्तै सी डिभिजन र बी डिभिजनबाट समेत मताधिकार र प्रतिनिधि चयन भएका छ । शीर्ष डिभिजनका १४ क्लबसँगै भोटिङ अधिकार छ भने बीसँग १४ मध्य ११ भोटर रहँदा सी डिभिजनका १४ मध्य  नौं क्लबले भोटिङ अधिकार पाउनेछन् । यस्तै दुइ वर्षयता राष्ट्रिय लिगमा छनोट भएर पनि खेल्न नपाएका क्लबले एन्फा चुनावमा भोट खसाल्न पाउनेछन् ।

यता, एन्फाअन्तर्गत रहेका ४८ जिल्ला रहेका छन् । जसमा ४५ जिल्लाले भोट अधिकार पाउनेछन् । प्रदेश १ बाट एक भोट खोसिँदा गण्डकीबाट दुई भोट खोसिने पक्का छ ।

तीन जिल्ला (सुर्खेत, सिन्धुली र गोरखाबाहेक) अन्य ४५ जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेको छ । यस्तै खेलाडी संघ र प्रशिक्षक संघको अध्यक्ष समेत सर्वसम्मतमा चयन भइसकेका छन् । खेलाडीमा विक्रम लामामा आउँदा प्रशिक्षकमा राजेन्द्र तामाङ सर्वसम्मत भए ।

यता, जिल्ला संघ तर्फ बाग्लुङमा जयराज भण्डारी, बारामा रामचन्द्र लामा, बर्दियामा अजित राजभण्डारी, भोजपुरका प्रविण सुवाल, चितवनमा श्री कृष्ण कार्की, दाङमा सञ्जय धिताल, धनुषामा रामकेवल मुखिया, इलाममा विक्रम श्रेष्ठ, झापामा भागिरथ आले, जुम्लामा भरतबुड थापा, कैलालीमा अनिल मल्ल, काठमाडौंमा विराटजंग शाही, काभ्रेमा विकाश श्रेष्ठ, लमजुङमा लोकेन्द्र गुरुङ, महोत्तरीमा प्रमोद मानन्धर, मोरङमा सञ्जिव बुढाथोकी, नवलपरासीमा धनप्रसाद गुरुङ, नुवाकोटमा देवनारायण चित्रकार, पर्सामा अनिलकुमार कलवार, रौतहटमा भगवान दर्लामी, रुपन्देहीमा लोक पुन, संखुवासभामा भरत घिमिरे, सप्तरीमा राजकुमार परियार, सिरहामा अनिलकुमार साह, सुनसरीमा मानविन राई, स्याङजामा मुक्तबहादुर राना, मनाङमा यज्ञ घले, खोटाङमा धुव्रकुमार राई र नवलपुरमा सेत पुन सर्वसम्मतीमा कार्यसमितिको अध्यक्षमा चयन भए ।

यसबाहेक बाँकी जिल्लामा भने अध्यक्ष पदकालागि निर्वाचन भएको थियो । जसअनुसार बाँकेमा भोजराज शाही, धादिङमा दीपक खतिवडा, धनकुटामा मणिकुमार चेम्जोङ, कञ्चनपुरमा गणेश चन्द, कास्कीमा उज्वल रञ्जित, ललितपुरमा पुरुषोत्तम थापा, मकवानपुरमा टिकाराम लामा, पाल्पामा प्रणयविक्रम लामा, पाँचथरमा गणेशबहादुर राई, सर्लाहीमा ठाकुरकुमार सुस्लिङ, सिन्धुपाल्चोकमा अमृतमान श्रेष्ठ, तनहुमा सत्यभक्त पालिखे, ताप्लेजुङमा अशोक चेम्जोङ, उदयपुरमा रञ्जन कार्की र भक्तपुरमा रुपेश धौभन्ज अध्यक्ष पदकालागि निर्वाचित भए ।

यसपटक एन्फा चुनावमा कूल भोटर ८७ रहनेछ । जुन भोट आफ्नो पक्षमा पार्न यतिबेला हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले उपाय रचिरहेका छन् ।

दुई समूह दुई प्यानलसहित एन्फा आगामी चार वर्षे कार्यकालका लागि चुनावी भिडन्तमा मैदान प्रवेश गर्ने पक्कापक्की छ । दुबै समूह क्लब, जिल्ला र एन्फा अन्तर्गत रहेका क्लबलाई रुझाउन व्यस्त छन् ।

आकंलन पनि हुन थालेको छ । आगामी एन्फा अध्यक्ष को त ? दुवै समूहले आ–आफ्नै समूह बलियो मानेका छन् । दुबै प्यालन आफूले नै चुवान जित्ने अभिब्यक्ति पनि दिन थालेका छन् ।

पंकज निकटको स्रोतका अनुसार अहिले जिल्लामा पंकजले एकपक्षीय कब्जा जनाएका छन् । केही जिल्ला र क्लबमा नसोचिएको परिवर्तन समेत आएको छ ।

‘क्लब र जिल्लाका साथीहरुले सहयोग गुर्न भएको छ । धेरै साथीहरूको पंकजतर्फ हुनुहुन्छ । कति अझै खुल्न सक्नु भएको छैन । कतिलाई अझै चुनावी अभियान लागेको छैन । आफ्नो पक्ष बलियो देख्नु स्वाभाविक पनि हो । तर, पनि हाम्रो पक्ष बलियो बनेको छ,’ पंकज निकट स्रोत न्युज कारखानासँग भन्छ ।

यता, कर्मानिकट रहेका एक उच्च एन्फा पदाधिकारी जिल्लासहित क्लबमा राम्रो पकड रहेका कारण कर्मा पूनः दोहोरिने न्युज कारखानालाई बताउँछन्, ‘हाम्रो तयारी राम्रो छ । सबैले हामीलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । हाम्रो जित पक्का छ । हामी बलियो स्थितीमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *