तीन महिनामा जीवन बिमा कम्पनीको लगानी पौने ८ खर्ब, कुन कम्पनीले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार जीवन बिमा कम्पनीहरुले पौने ८ खर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक बर्षको तीन महिनामा १४ वटा जीवन बीमकले ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै लगानी नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा गरेका छन् । उक्त क्षेत्रमा कम्पनीहरुले ९ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ लगानी गरेका हुन् । यस्तै, वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ५ खर्ब ४४ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी रहेका कम्पनीहरुले पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यसैगरी, विकास बैंकहरुको मुद्दति निक्षेपमा ४६ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ लगानी रहेको छ भने फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ६ अर्ब ७५ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

बीमा कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ११ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गर्दा नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ लगानी गरेका छन् ।

पहिलो चार महिनाको अवधिमा इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ, सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ, अन्य लगानीः १२ अर्ब ८६ करोड ५२ लाख रुपैयाँ लगानी भएको छ ।

समिक्षा अवधिमा नेपाल लाइफले २ खर्ब २ अर्ब ५८ लाख रुपैयाँ लगानी गरेको छ। यो बीमा कम्पनीमध्य सर्वाधिक हो । नेपाल लाइफले सबैभन्दा बढी वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको छ ।

यस अवधिमा सर्वाधिक लगानी गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले विभिन्न क्षेत्रमा १ खर्ब १९ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ।
त्यस्तै, हिमालयन लाइफले ८२ अर्ब १ करोड ८१ लाख रुपैयाँ र नेसनल लाइफले ७० अर्ब ६२ करोड १५ लाख रुपैयाँ लगानी गरेका छन्।

यसैगरी, राष्ट्रिय बीमा कम्पनीले ६६ अर्ब ९१ लाख रुपैयाँ लगानी गर्दा एसियन लाइफले ४९ अर्ब २३ करोड ९७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४३ अर्ब ६४ करोड १७ लाख रुपैयाँ, मेट लाइफले ३२ अर्ब ९३ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले २६ अर्ब ५१ करोड ७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २३ अर्ब ७९ करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

समिक्षा अवधिमा  रिलायबल नेपाल लाइफले २० अर्ब ६९ करोड ६० लाख रुपैयाँ, आइएमई लाइफले १९ अर्ब २२ करोड १६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ अर्ब १० करोड ३३ लाख रुपैयाँ र सन नेपाल लाइफले १५ अर्ब ४६ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन्।

कुन बीमा कम्पनीले कति कमाए ?

जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले १६ लाख ७४ हजार ६४१ बीमालेखमार्फत उक्त रकम संकलन गरेको हो ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले १३ हजार ५८ हजार ७९८ बिमालेखमार्फत ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ ।

यस्तै, चालु आवको असोज मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । चालु आवमा एलआइसीले ६ लाख ९२ हजार ८०१ पोलिसी बिक्री गरेको छ ।

यस्तै, असोज मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५ लाख ९३ हजार २२९ बीमालेखबाट उक्त रकम संकलन गरेको हो ।
यता, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चालु आवको असोजसम्म इन्स्योरेन्सले कूल १६ हजार ८३१ बीमालेख संकलन गरेको छ । एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यता, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ कमाएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवमा १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै,  मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *