एनएमबि बैंककाे दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्दै

एनएमबि बैंक लिमिटेडले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्न लागेको हो । यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको रू. १ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गरेको हो ।

दोस्रो पटक भने बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरको रू. ३ अर्ब ५० करोड बराबरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो । निष्कासनमा आउने कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्य ५ प्रतिशत दरको ७० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी १३ लाख ३० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार तोकिएको छ ।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र छिटोमा बैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ ४ गतेसम्म विक्रीमा रहने मिति तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *