काठमाडाैं। बजाजले बहुप्रतिक्षित ‘डोमिनार डे’ औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै देशभरका राइड प्रेमीलाई सहभागी हुन आह्वान गरेको छ।
नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्स क्याफे, नक्सालमा सञ्चालन हुने यस विशेष कार्यक्रममार्फत सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा महसुस गर्न सक्नेछन्।
‘Dominar Day is on; and your upgrade starts now’ भन्ने सन्देशसहित अघि बढाइएको क्याम्पेनले नयाँ मोडेलमा रुचि देखाउने र आफ्नो राइड अपग्रेड गर्न चाहने ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।
डोमिनार श्रृंखलाको लोकप्रियता बढिरहेका बेला राइडिङ संस्कृतिलाई अझ सक्रिय बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख आकर्षणमा सहभागीहरूले Alpha CS Armored Riding Jacket, MT Helmet जस्ता सुरक्षित र आधुनिक राइडिङ गियर प्राप्त गर्न सक्नेछन्।
साथै, केवल नागरिकता प्रमाणपत्रको आधारमा ‘ईएमआई’ सुविधा उपलब्ध गराइने भएकाले वित्तीय प्रक्रियामा झन्झट कम भएको कम्पनीको भनाइ छ।
पुराना बाइक एक्सचेन्ज गर्न चाहनेका लागि उत्कृष्ट मूल्यांकन तथा खेलप्रेमीका लागि एनपीएल टिकट जस्ता थप बोनस अवसरहरू पनि समावेश गरिएको छ।







