नक्कली बिल खरिद गरेको आरोपमा राजस्व अनुसन्धान विभागले पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । विभागले ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ विगो दाबीसहित कैद सजायको माग गरेको छ ।
विभागका अनुसार मनिष कुमार अग्रवाल, बिमल अग्रवाल ,हितेष कुमार अग्रवाल, प्रमित महर्जन र दिपेन्द्र कुमार अग्रवालविरुद्ध मुद्दा दायर गरिएको हो ।नक्कली बिल खरिद गरि १८ करोड ५ लाख ६८ हजार ६४३ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
गणपति ट्रेड लिंक, शुभलक्ष्मी इन्टरनेशनल, एमके इन्टरनेशनल, एचबी ट्रेड एण्ड सप्लायर्स मार्फत उनीहरु पाँचै जनाले नक्कली मूलय अभिवृद्धि कर (भ्याट) बिल खरिद गरि वित्तीय विवरण पेश गरि राजस्व चुहावट गरेको हुन् । उनीहरुले मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४४ लाख ९३ हजार ३५३, आयकरतर्फ १२ करोड ६० लाख ७५ हजार २९० रुपैयाँ छलि गरेको विभागको आरोप छ ।