दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा, सडकमा बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था व्यापक रूपमा कडा पारिएको छ।

प्रसाईंका समर्थक तथा नागरिक बचाउ दलले आकस्मिक प्रदर्शन गर्न सक्ने सम्भावना भन्दै काठमाडौं, ललितपुर र भक्तपुरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ। उपत्यका प्रहरी कार्यालय, रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई सुरक्षा बल परिचालन गर्न निर्देशन दिएको हो।

पक्राउ परेपछि नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आजै प्रदर्शन गर्ने चेतावनी दिएपछि सुरक्षा सतर्कता अझै बढाइएको प्रहरीले जनाएको छ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने योजना सार्वजनिक गर्दै आएका प्रसाईंलाई त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *