एनआईसी एशिया बैंकमा ‘इन्ट्रेस रिबेट’ घोटाला: ४ वर्षमा ३६ अर्बभन्दा बढी ‘एनपीए’ सेटिङ [भाग-२]

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ऋणीबाट मनपरी रुपमा असुल गरेको ४ अर्ब ३० करोडभन्दा बढी ‘इन्ट्रेस रिबेट’ रकमको चरम दुरुपयोग गरेको छ।

बैंकक अध्यक्ष तुलसीराम अग्रवालको ठाडो निर्देशनमा ऋणीलाई फिर्ता गर्नुपर्ने रिबेट रकम तत्कालिन सीइओ रोशन कुमार न्यापानेको नेतृत्वमा गठित समितिले उक्त रकमबाट बैंककै एनपीए मेनेजमेन्ट, एनबीए मेनेजमेन्ट, मार्गिन फर रिकोभरी जस्ता बैंककै आन्तरिक ऋण सेटलमेन्ट गर्नमा खर्चिएको तथ्य भेटिएको छ।

बैंकले राष्ट्र बैंकको निर्देशनको उलंघन गर्दै ऋणीलाई फिर्ता गर्न भनिएको रकमबाट आर्थिक बर्ष २०७७ -७८ मा २ अर्ब ४५ करोड बढीको एनपीएल व्यवस्थापन गरेको छ। त्यसैगरी आव २०७८-७९ मा ५ अर्ब ४५ करोड बढीको एनपीए व्यवास्थापन गरेको छ। आव २०७९-८० मा ८ अर्ब २० करोडभन्दा बढीको एनपीएल व्यवस्थापन गरेको बैंकले २०८०-८१ मा २० अर्ब २३ करोडबढीको निष्क्रिय कर्जा व्यवस्थापन गरी कर्जालाई सक्रिय बनाएको छ।

स्थलगत निरिक्षणका क्रममा ऋणीबाट ऋणीबाट मनपरी बढी ब्याज असुल गरेको तथ्य भेटिएपछि राष्ट्र बैंकले जुन-जुन बढी ब्याज लिईएको छ सो ऋणीलाई समानुपातिक रूपमा ब्याज फिर्ता गर्न भनेकोमा बैंकले खराब ऋणीका खातामा उक्त रकम जम्मा गरी सो रकमबाट ४ आर्थिक वर्षमा ३६ अर्ब ३३ करोडबढीको एनपीएल व्यवस्थापन गरेको छ।

बैंकले ‘इन्ट्रेस रिबेट’ को रकम रेगुलर ग्राहक तथा ऋणीलाई फिर्ता गरेको छैन। जुन बैंकको आन्तरिक लेखापरिक्षण प्रतिवेदनमै उल्लेख छ। राष्ट्र बैंकले समानुपातिक रुपमा ब्याज फिर्ता गर्न निर्देशन दिएको भए पनि बैंकले उक्त रकम मनपरी रुपमा चलाएको देखिन्छ। बैंकको लेखपरिक्षण प्रतिवेदनले खराब ऋणीसँगको मिलेमतोमा बैंकका कर्मचारीहरुले खातामा रकम जम्मा गरी केहि रकम अर्को खाताका ट्रान्सफर गरेको र केहि ‘क्यास’ नै निकालेको गम्भीर बिषय औल्याएको छ।

‘इन्ट्रेस रिबेट’ को रकमबाट झन्डै साढे ३६ अर्ब बराबरको एनपीए व्यवस्थापन गरेको बैंकले राष्ट्र बैंकलाई भने गलत गलत रिपोर्टिङ गरेको भेटिएको छ। आव २०७७ -७८ मा राष्ट्र बैंकमा बुझाएको रिपोर्टमा १ अर्ब ३१ करोडबढी एनपीए रहेको बताएको छ। तर सोहि बर्ष बैंकले ‘इन्ट्रेस रिबेट’ को रकमबाट मात्रै, २ अर्ब ४५ करोडबढेको एनपीए व्यवस्थापन गरेको छ।

त्यस्तै, बैंकले आव २०७८-७९ मा राष्ट्र बैंकमा १ अर्ब ४२ करोड मात्र एनपीए रहेको बताएको छ। जबकी आवमा बैंकले झन्डै साँढे ५ अर्बको एनपीए रिबेट रकमबाट मात्र व्यवस्थापन गरेको देखिन्छ। यो तथ्यांकले बैंकले राष्ट्र बैंकमा गलत रिपोर्ट बुझाउने गरेको बिषयको पुष्टि गर्दछ।

त्यसैगरी, आव २०७९-८० मा बैंकले राष्ट्र बैंकमा २ अर्ब ४० करोडको हाराहारीमा एनपीए रहेको रिपोर्टिंग गरेको छ। तर, सोहि बर्ष बैंकले ८ अर्ब २० करोडबढी एनपीए व्यवस्थापन ‘इन्ट्रेस रिबेट’ को रकमबाट गरेको छ । यो बर्ष पनि बैंकले एनपीए कम देखाएर राष्ट्र बैंकमा गलत रिपोर्टिङ गरेको देखिन्छ।

त्यस्तै, बैंकले आव २०८०-८१ मा ९ अर्ब ७४ करोडको एनपीए देखाएर राष्ट्र बैंकक रिपोर्टिङ गरेको छ। तर, सोहि बर्ष बैंकले २० अर्बको एनपीए ‘इन्ट्रेस रिबेट’ को रकमबाट मात्रै व्यवस्थापन गरेको छ।

‘इन्ट्रेस रिबेट’ को रकमबाट ४ आर्थिक बर्षमा झन्डै साढे ३६ अर्ब बराबरको एनपीए व्यवस्थापन गरेको बैंकले २१ अर्ब ४५ करोड ८४ लाखबढी एनपीए लुकाएर राष्ट्र बैंकमा जम्मा १४ अर्ब ८८ करोडबराबरको एनपीए रहेको भन्दै गलत रिपोर्टिङ गरेको देखिन्छ।

एनपीएल व्यवस्थापन, कुन आर्थिक बर्षमा कति ?

यी र यस्तै गलत बिषयको ढाकछोप गर्न अध्यक्ष तुलसीरामले राष्ट्र बैँकका एक उच्च अधिकारीको दवावमा आफू अनुकूल काम गर्नेसर्तसहि सुजित शाक्यलाई प्रमुख कार्यकारी अधिकृत बनाएको चर्चा छ। सोहि चर्चाकै विच सिईओ शाक्यले अध्यक्षलाई राष्ट्र बैँकका गभर्नर विश्व पौडेल डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बम बहादुर मिश्र सुपरिवेक्षण विभाग प्रमुख लगायत  निर्णयक भूमिकामा रहेका अधिकारी एक्लाएक्लै गोप्य भेट गराई राष्ट्र बैँकले गर्ने भनेको २ लाख नगद जरिवना नगरिदिन हारगुहार गरिरहेको बिषयले नियामकिय कार्यसम्पादनको निश्पक्षतामाथि समेत आशंका गरिएको छ।

Related

एनआईसी एशिया बैंकको ‘इन्ट्रेस रिबेट’ मा साढे ४ अर्ब घोटाला [भाग -१]

एनआईसी एशिया बैंक ‘पतनका नायक’- अध्यक्ष तुलसीराम अग्रवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *