काठमाडौँ। सानिमा जीआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)मा २० करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पनि कम्पनीले ५ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु वर्षको असोजसम्म कम्पनीको स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको स्पेसल रिजर्भमा ७५ करोड ९८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको थियो।
चालु वर्ष असोजसम्म कम्पनीले ४४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १३.२१ प्रतिशतले बढेको छ।
कम्पनीले समीक्षा अवधिमा ११ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ३.३९ प्रतिशतले बढेको छ।
चुक्तपुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३७.२५ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १०.१७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १४०.५३ रुपैयाँ रहेको छ।







