कुमारी इक्वीटी फण्डको नाफा घट्यो

कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित कुमारी इक्वीटी फण्डको नाफा चैत महिनामा घटेको छ । कोषले सार्वजनिक गरेको योजनाको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार  ४ करोड २३ लाख मात्र नाफा गरेको छ । गत फागुन मसान्तसम्म  ५ करोड ६१ लाखभन्दा बढी नाफा गरेको कोषको चैत महिनामा आम्दानी घटेको र खर्च बढी भएकाले योजनाको नाफामा कमि आएको हो ।

गत फागुन महिनामा ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गरेको यस योजनाले चैत महिनामा  ५ करोड ७४ लाख मात्र आम्दानी गरेको हो । त्यस्तै फागुन महिनामा  १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको योजनाले चैत महिनामा  १ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो ।

यस योजनाले चैत मसान्तसम्म कमिसन सहित धितोपत्रमा लगानी गरेको लागत मूल्य  ७७ करोड १२ लाखभन्दा बढी छ । योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने  ५४ करोड ७६ लाखभन्दा बढी मात्र देखिन्छ । धितोपत्र दोस्रो बजार घट्दा योजनाले लगानी गरेको सूचीकृत कम्पनीको धितोपत्र मूल्यमा पनि कमि आएकाले बजारमूल्य कम देखिएको हो । २०७७ साल चैत ५ गतेदेखि सञ्चालित १० वर्षे अवधिको यस योजना २०८७ साल चैत ४ मा परिपक्क हुनेछ

योजनाको बैंक मुद्दती निक्षेपमा भने १५ करोड रहेको छ । प्रतिइकाई खुद मूल्य फागुन मसान्तसम्म  १० दशमलव ७७ रहेकोमा चैत मसान्तसम्म  १० दशमलव ६४ मा झरेको छ । यस योजनाले १० करोड इकाई जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *