एनआरएन इन्फ्रास्ट्रकचरद्वारा ४२.१०५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१०५ प्रतिशत नगद लाभांश गरि कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने छ । कम्पनीले पुस ४ गते साधारणसभा आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *