मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्र लाभ नियुक्तिका लागि सिफारिस

काठमाडौँ । संघीय सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ। सरकारले भण्डारीलाई हटाएर सुरेन्द्र लाभलाई उक्त पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरेन्द्र लाभलाई ‘प्रदेश प्रमुख’को रुपमा मनोनयन गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सुमित्रा भण्डारीलाई यसअघि नै पदबाट हटाउन तयारी गरिएको थियो ।

सिफारिसपछि अब राष्ट्रपतिले नियमअनुसार निर्णय लिएपछि मात्र अन्तिम नियुक्ति प्रक्रिया पूरा हुनेछ। यससँगै मधेश प्रदेशमा नयाँ प्रदेश प्रमुखको पदस्थापन तथा कार्यभार सम्हाल्ने अवस्था आउने छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *