काठमाडौं । नेपाल सरकारले दानबहादुर कार्कीलाई ३३ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको प्रस्तावमा कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरी आईजीपी नियुक्त गर्ने निर्णय भएको हो।
वरियतमै पहिलो दावेदार रहेका कार्की उपत्यका प्रहरी कार्यालयका प्रमुखका रूपमा कार्यरत थिए। जेनजी आन्दोलनको विवादका बीच उनी आईजीपी बन्ने सम्भावनामा प्रश्न उठाइए पनि सरकारले उनको सेवा–अनुभव र वरियतालाई सम्मान गर्ने निर्णय लिएको हो।
२०२९ साउन १५ गते गुल्मीमा जन्मिएका कार्की २०५४ चैत १८ मा निरीक्षक (इन्स्पेक्टर) का रूपमा नेपाल प्रहरीले प्रवेश गरेका थिए। करिब तीन दशक लामो सेवाकालपछि उनी सर्वोच्च पदमा पुगेका हुन्।






