कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह ‘चिम’ रहने सहमति

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।

तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो ।

स्रोतका अनुसार हालका लागि कुनै पदाधिकारी घोषणा नगरी उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *