आज १६औँ लोकतन्त्र दिवस मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भइ लोकतन्त्र स्थापना भएको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन छन् ।
विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ ।
कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागत भन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन् ।
दिवसको अवसमा भने सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।







