एन्फा कार्यसमिति आकस्मिक बैठक बस्दै, वरिष्ठ उपाध्यक्ष खड्का कारबाहीको एजेन्डामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कामाथि अनुशासनको कारबाहीका लागि आकस्मिक कार्यसमिति बैठक बोलाएको छ। बैठक आज (शुक्रबार) दिउँसो १ बजे भिडियो कन्फरेन्स (गुगल मिट) मार्फत बस्ने गरी आह्वान गरिएको हो। Artha Sanjal