‘अर्थ डे’ को अवसरमा ग्रीन टेक्नोलोजी प्रयोग गर्दै ओपो

हरेक वर्ष, अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन् । टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पु¥याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकको रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

ग्रीन अपरेशन र प्रडक्ट डिजाइनदेखि लिएर वातावरण संरक्षण र दिगोपनका मुद्धाहरुका लागि जनचेतना जगाउनेसम्म, ओपोले पृथ्वीको हरित भविष्यलाई प्रवद्र्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ ।

प्लास्टिकको फोहोर आज वातावरण प्रदूषणको एक ठूलो चिन्ता हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्यांकअनुसार हरेक वर्ष करिव ११ मिलियन टन प्लास्टिकको फोहोर पृथ्वीको समुन्द्रमा फ्याँकिन्छ । प्लास्टिकको फोहोर सही तरिकाले डिस्पोज नगर्नाले यसले पानी र माटो प्रदुषित गर्छ अन्ततः हामीले खाने खानाको माध्यमबाट मानव शरीरमा पुग्दछ ।

आफ्नो प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकको मात्रा घटाउन, ओपोले “घच् ज्ञम्” लाई अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त प्याकेजिङ्ग सिद्धान्तहरु अपनाएको छ, जुन न्यूनीकरण, पुनारावृत्ति, पुन प्रयोग गर्न योग्य र नष्ट हुन योग्यमा केन्द्रित छ । यस दृष्टिकोण मार्फत, ओपोले २०१९ देखि युरोपमा आफ्नो प्याकेजिङ्गमा प्लास्टिकको प्रयोगलाई ९५ प्रतिशतले सफलतापूर्वक घटाएको छ । साथै परम्परागत प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न बायोडिग्रेडेबल पोलिल्याक्टिक एसिडको प्रयोग गर्दै आएको छ ।

बनजङ्गल धेरै प्राकृतिक स्रोतहरुको घर हो जहाँ मानिसहरु बाँच्नको लागि निर्भर हुन्छन् । यद्यपि, अत्यधिक वन विनाशका कारण ब्mबशयल चबष्लायचभकत ले विगत ५० वर्षहरुमा १७ प्रतिशत क्षेत्र गुमाएको छ । वन विनाश र वन क्षेत्रको कमी पृथ्वीमा जैविक विविधताको लागि प्रत्यक्ष खतरा हो, साथै ग्लोवल वार्मिङको एक उत्प्रेरक हो ।

काठ फाइवरको खपत कम गर्न ,ओपोले सम्भव भएसम्म पुनः प्रयोग गरिएको सामग्रीको प्रयोग गर्दछ । उदाहरणका लागि, युरोपमा इएएइ ँष्लम ह्छ  सिरीजको प्याकेजिङ्ग लगभग ४५% रिसाइकल फाइवरबाट बनेको छ । यो फाइवर पुनः प्रयोग गरिएको कागज वा अन्य जैविक फोहोरहरु, उखु र बाँसबाट आउँछ ।

विगत ५ वर्षमा विश्वव्यापी रुपमा उत्पन्न हुने इलेक्ट्रोनिक फोहोरको मात्रा २१ प्रतिशतले वृद्धि भएको छ, जसले यसलाई घरायसी फोहोरको सबैभन्दा छिटो बढ्ने माध्यम बनाएको छ । यद्यपि, विद्युतीय फोहारको १७.४ प्रतिशत मात्र पुनः प्रयोग गरिन्छ । ईलेक्ट्रोनिक फोहोरले वातावरणमा निम्त्याउने दीर्घकालिन खतरालाई आत्मसात गर्दै ओपोले आफ्ना उत्पादनहरुलाई अझ टिकाउ बनाउँदैछ । यसले वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, खेर जाने इलेक्ट्रोनिक उत्पादनहरुको रिसाइकल गर्ने कार्यक्रमहरु पनि गर्दै आइरहेकोे छ ।

उदाहरणका लागि, पछिल्लो लन्च इएएइ ँष्लम ह्छ ओपोको सेल्फ–डेभलप्ड हेल्थ ईन्जिनले बनाईएको छ । यसले स्मार्टफोनको ब्याट्री ८० प्रतिशत बढाउँछ र ८०ध् क्गउभचख्इइऋ फ्लास चार्ज टेक्नोलोजी प्रयोग गरेर लगभग १६०० फुल चार्ज गर्छ । यो ईण्डष्ट्रीको औषत भन्दा दुई गुणा हो अनि लामो समयसम्म चलाउन सकिन्छ ।

हालसम्म ओपोले विभिन्न देशहरुमा रिसाइकलिङ्ग पुनरावृत्ति कार्यक्रमहरु स्थापना गरी ट्रेड इन सेवा प्रदान गरिसकेको छ । चीनलाई उदाहरणका रुपमा लिने हो भने ओपोले आफ्नो पुनरावृत्ति कार्यक्रम मार्फत २०२१ मा १२ लाख भन्दा बढी मोबाइल फोन सङ्कलन ग¥यो । यो २१६ टनभन्दा बढी ईलेक्ट्रोनिक फोहोर बराबर हो ।

ओपोले आफ्नो औद्योगिक र गैरसरकारी संस्थाको साझेदारी मार्फत फोहोर ईलेक्ट्रोनिक उत्पादनको रिसाईकल प्रवद्र्धन गर्न पनि मद्दत गरिरहेको छ । युरोपमा ओपोले स्थानीय रिसाइक्लिङ्ग प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्दैछ र ईलेक्ट्रोनिक फोहोरको रिसाइक्लिङ्ग कार्यक्रम कार्यान्वयन गर्न व्यवसायिक तेस्रो पक्ष रिसाइक्लिङ्ग संस्थाहरुसँग साझेदारी गर्दैछ । अस्ट्रेलियामा, ओपोले तारोङ्गा संरक्षण समाजसँग काम गरिरहेको छ र जनतालाई उनीहरुको फोहोरको ईलेक्ट्रोनिक उत्पादनहरु सही तरिकाले पुनः प्रयोग गर्न र ई–फोहोरको मात्रा घटाउन आह्वान गरिरहेको छ ।

ओपो ईको रेटिङ लेबलिङ योजनामा सामेल हुने पहिलो स्मार्टफोन कम्पनीहरुमध्ये एक होे । जुन युरोपका धेरै अग्रणी अपरेटरहरुले उनीहरुको सम्पूर्ण लाईफसाईकलमा मोबाइल फोनहरुको वातावरणीय कार्यसम्पादन मूल्याङ्कन गर्न सिर्जना गरेको कार्यक्रम हो । यस योजनामा आफ्नो सहभागिता मार्फत ओपोले दिगो रुपान्तरण गर्न उद्योगका अन्य व्यक्तिहरुसँग मिलेर काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *