५ लाख २८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज  नेप्सेमा आज एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस बापतको ५ लाख २८ हजार ५ सय ९ दशमलव ११९१ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको पौष २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस सेयरमा कर लाग्दैन ।

संस्थाले बोनस सेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३०५ कायम गर्न एफपीओ निष्कासन पनि गर्दैछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *