हिमालयन लाइफको कामु सीईओमा दाहाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएपछि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा नियुक्त गरिएको हो।

कम्पनीको असोज २७ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले अर्काे सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको रुपमा दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नियुक्त गरिएको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिए।

सीईओ मनोज लाल कर्णले कर्मचारी र अभिकर्ताहरूको आन्दोलनका कारण आफ्नो पदबाट राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *