केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी दर्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दर्ता भएको छ ।

युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत् दर्ता गराएको जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगर प्रमुख साह, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्की, निमित्त प्रमुख डीआईजी ओम राना, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसएसपी विश्वराज अधिकारी, हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवार ठहर गरिएको छ ।

जाहेरवाला पौडेलका अनुसार जेन–जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमाथि तत्कालीन सरकारले गरेको दमनका कारण जनधनको ठूलो क्षति भएको थियो ।

उनले आरोपित १३ जनालाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २६ (ज्यान लिन नहुने) र दफा १७७ (ज्यानसम्बन्धी कसुर) अनुसार अनुसन्धान अगाडि बढाउन पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *