दुई दिनमै वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप घटेर बैशाख २ गतेसम्म आइपुग्दा ४३ खर्ब ७७ अर्ब रुपैयाँमा सिमित बनेको हो ।
यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । चैत्र ३० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख २ गतेसम्म आइपुग्दा ४१ खर्ब ९५ अर्ब रुपैयाँमा सिमित बनेको छ ।







