काठमाडौं । असोज १८, सरकारले जेनजी आन्दोलनका क्रममा मारिएका सहिदका परिवार र घाइते व्यक्तिका उपचारका लागि स्वदेश तथा विदेशमा संकलन भइरहेको सहयोग रकम केवल आधिकारिक भौतिक पूर्वाधार निर्माण कोषमा जम्मा गर्न आग्रह गरेको छ। पुनर्निर्माणको नाममा अनेक नक्कली खाता खुलेको सूचनाका आधारमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
‘सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित मिति २०८२ भाद्र २३ र २४ गते भएको जेन-जि आन्दोलनको क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिहरुका लागि स्वदेश तथा विदेशमा रहँदासमेत रहन सक्ने विभिन्न गैर सरकारी संघ संस्थाहरुसँग जम्मा भइरहेको जानकारी प्राप्त भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले भनेको छ, ‘समानान्तर र अपरिचालित खाता संचालनको प्रयोगबाट हुने अनियमितता न्यूनीकरणका लागि नेपाल सरकार कटिबद्ध रहेको छ।’
नेपाल सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनःस्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरी सहयोग प्रदान गर्ने निर्णय गरेको छ। सोही अनुसार देश तथा विदेशमा रहेका प्रयोजनका लागि सहिद र घाइतेहरुको राहत रकम बुझाउन इच्छुक व्यक्ति वा संस्थाले निम्न खातामा मात्र रकम जम्मा गर्न मन्त्रालयले अनुरोध गरेको छ।
यस कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निर्माणका साथै जेन-जी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरु सम्मिलित सहमतीय समितिको सुझाव अनुसार रकमको सदुपयोग गरिने ब्यवस्था सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।






