साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६.५६ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ६.५६ अंक बढेर २३२७.०८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६० अंक बढेको छ।
आज प्रि ओपन सेसनमा १६ स्टकको ४ लाख ९९ हजार ८८० रुपैयाँ ८० पैसा बराबरको ७१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।







