काठमाडौँ । ललितपुरको नख्खु कारागारमा रहेको रास्वपा सभापति रवि लामिछानेलाई भेटघाटका लागि रोक लगाइएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पूर्वनिर्धारित भेटघाटका लागि पनि आज एक्कासि माथिको आदेश भन्दै भेट्न रोक लगाइएको हो ।
झाले भने,’एक दिन अघि नै भेटघाटका लागि कारागार प्रशासनलाई नाम टिपाइएको थियो, तर आज बिच बाटोमा पुगेपछि भेट्न नमिल्ने भन्दै खबर आयो’। नख्खु कारागारका शाखा अधिकृत सुवास केसीले बाहिरको माहोलका कारण माथिको निर्देशनमा आजका लागि भेटघाट रोक लगाइएको बताए ।







