नेष्डो लघुवित्तको सेयर आज १० प्रतिशतले घट्यो

नेष्डो लघुवित्तको सेयर आज १० प्रतिशतले घट्यो बुधबार सेयर बजार ३६.७३ अंकले घटेर २,३२०.५१ को विन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से १३.३७ बढेर २,३५७.२३ विन्दुमा पुगेको थियो। नेप्से अझै पनि २४०० मनोवैज्ञानिक बिन्दुमा टेवा परीक्षण गरिरहेको छ।

नेप्से यसअघि पनि पटक पटक यही बिन्दुबाट फर्किने गरेको छ। बुधबार २२८ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा जम्मा १९ वटाको मूल्य बढेको छ भने १९८ वटाको मूल्य घटेको छ। यी कम्पनीहरूको कुल ३५ लाख ७० हजार १४ सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ। नेप्से ओरालो लागेपनि मंगलबार बजार बढेको दिनको तुलनामा आज सेयर किनबेच बढेको छ।

मंगलबार कुल २२९ किसिमका धितोपत्र तथा ऋण कारोबार हुँदा ३२ लाख १२ हजार ११५ सेयर किनबेच भएको थियो। पन्ध्र दिन अगाडि कारोबारमा आएको नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको १० दिन यता मूल्य बढेर सर्किट ब्रेक लाग्दै आएकोमा बुधबार घटेको छ।

कम्पनीको मूल्य तीन हजार ३१२ रुपैयाँसम्म पुगेर ब्रेक लागेको हो। यसलाई हिमालयन उर्जा विकास कम्पनीले पछ्याएको छ। बुधबार नेष्डोको सेयर १० प्रतिशतले घटेको हो भने हिमालयन उर्जाको ६.२९ प्रतिशतले घटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *