सुनको मूल्यमा भारी गिरावट

सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *