सानिमा बैंकको खुद नाफा १४.२० प्रतिशत घट्यो

सानिमा बैंकले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू अवको सोही अवधिमा १४.२० प्रतिशत घटेको छ ।

कम्पनीले गत आवमा रू १ अर्ब ८५ करोड खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू १ अर्ब ५९ करोडमा झरेको हो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा सञ्चालन नाफा पनि १४ प्रतिशत घटेको छ । गत आवको मुनाफाबाट कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पूँजी रू ११ अर्ब ३२ करोड पुगेको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू ४ अर्ब २९ करोड र रिटेण्ड अर ७३ करोड १२ लाख सञ्चित गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू २५ दशमलव ७३ रहेकोमा चालू आवमा रू १८ दशमलव ८७ मा झरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू। २ अर्ब ४६ करोड रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १६.८० गुणा,तरलता अनुपात २०.६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू १४४.३५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *