प्रभु बैंकको खुद नाफा १६.९१ प्रतिशतले घट्यो

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष आव को तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *