कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्देै भारतमा प्रतिस्पर्धा गर्ने

बैशाख १० र ११ हुने स्पाेर्टस् फेस्टिभल २०२२ मा  नेपाली खेलाडी सहभागी हुने भएका छन्  । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख कोच तथा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक काजी रानाले बताए । प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *