पाकिस्तानले दियो हत्यारालाई मृत्युदण्ड

पाकिस्तानमा ईशनिन्दाको आरोपमा एक श्रीलङ्काली पुरुषलाई भिडले पिटेर मारेको घटनामा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोटस्थित एउटा कारखानामा प्रबन्धकका रूपमा कार्यरत ४८ वर्षीय प्रियन्त दियावादानागेको गत डिसेम्बर महिनामा आक्रमणकारीहरूले कुटीकुटी हत्या गरेकाथिए। त्यसपछि उनको शरीर आगोमा जलाइदिएका थिए।

उक्त घटनामा कुल ८८ जनालाई दोषी ठहर गरिएको छ। तीमध्ये नौ जनालाई आजीवन कारावास र अरूलाई दुईदेखि पाँचवर्षको सजाय सुनाइएको छ । उक्त घटनाले पूरै पाकिस्तान स्तब्धभएको थियो। तात्कालीन प्रधानमन्त्री इमरानखानले घटना भएको दिनलाई “लज्जाको दिन”भनेकाथिए।

सामाजिक सञ्जालमा प्रकाशित भिडिओमा क्रुद्ध मानिसहरूको भिडले दियावादानागेलाई उनको कार्यस्थलबाट घिसारेर लगेको अनि प्राण जाउन्जेल पिटेको देखिन्छ । त्यसपछि भिडले उनको शवलाई जलाइदियो । केही मानिसले उनको शवसँगआफ्नो सेल्फी पनि खिचेको भिडिओमा देखिन्छ । मृतककी पत्नी निलुशी दिशानायकले आफूले आक्रमणको दृश्य इन्टरनेटमा देखेको र त्यो “अत्यन्त अमानवीय” भएको बताएकी थिइन्।

कसरी घट्यो घटना
दिया वादानागेले ईशनिन्दाहुने खालको काम गरेको अफवाह फैलिएपछि उक्त हिंसात्मक घटनाको बीजारोपण भएको हो। उनलाई पैगम्बर मोहम्मदको नाममा प्रकाशित पोस्टर च्यातेको आरोप लागेको थियो।तर उनको रक्षागर्ने प्रयास गर्न घटनास्थल पुगेका उनका एक सहकर्मीले दियावादानागेले कारखानाको भवन सफाइगर्ने क्रममा केवलपोस्टर हटाएको स्थानीय सञ्चार माध्यमलाई बताएका थिए । सयौँ मानिस संलग्न भएको उक्त बीभत्स घटनाप्रति मानिसहरूले शोक व्यक्त गरेकाथिए।

 ईशनिन्दा भनेको के हो
कुनै धर्म वा ईश्वरको अपमान हुनेगरी बोल्दा ईशनिन्दा भएको मानिन्छ। पाकिस्तानमा इस्लामको निन्दा गरेको ठहर भए मृत्युदण्डको सजाय सम्महुन सक्छ । ईशनिन्दा सम्बन्धी पाकिस्तानी कानुनकाअनुसार धार्मिक भेलामाअवरोध पु¥याउनु, समाधिस्थलमाअनधिकृत प्रवेश गर्नु, धार्मिक मान्यताको अपमानगर्नु वा जानी जानी धार्मिक स्थल नष्ट गर्नु वादूषित पार्नु दण्डनीय अपराध हुन् । इस्लामिक धार्मिक व्यक्तित्व विरुद्ध अपमानजनक टिप्पणी गर्नु पनि अपराधहो । नियतवश कुरानको अपमान गर्नेलाई जेल सजाय हुने प्रावधान देशको कानुनमा सन् १९८२ मा थपियो ।

सन् १९८६ मा पैगम्बर मोहम्मदको निन्दा गर्नेलाई दण्ड दिन अर्को कानुनी व्यवस्था गरियो। त्यस्तो अपराध गर्नेलाई मृत्युदण्ड वा आजीवान कारावास दिन सिफारिस गरियो । अल्पसङ्ख्यक समुदायहरू प्रायःत्यस्ताआरोपको निसानामा पर्ने गरेको मानव अधिकारवादीहरूले बताउने गरेका छन्। पाकिस्तानमा ईशनिन्दा सम्बन्धीआधारहीन आरोपकै कारण पनिआरोपित मानिसको चर्को विरोध र हिंसात्मक घटना हुने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *