परिवर्तित नेपाली राजनीतिको ठूलो सहयात्री हो नेविसंघ : कांग्रेस केन्द्रीय सदस्य महर

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले नेविसंघले मुलुकमा प्रभावशाली नेता जन्माएको भन्दै खुशी व्यक्त गरेका छन्।

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले नेविसंघले सधैँ नेपालको राजनीतिक, आर्थिक र शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको उनले बताए। ‘५३ वर्षसम्म पुग्दा नेविसंघले नेपालका सबै ठूला राजनीतिक परिवर्तनमा अग्रणि भूमिका निर्वाह गरेको छ। नेपालको शिक्षा प्रणालीलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन नेविसंघले ठूलो भूमिका निर्वाह गरेको छ,’ उनले भने।

विद्यार्थीहरूको स्कलसिपदेखि सेमेस्टर प्रणाली होस् वा अरु हक अधिकारका कुरामा सधैँ नेविसंघले नै नेतृत्व गरेको उनले बताए। ‘नेपालको शिक्षालाई फराकिलो बनाउने र नेपालको लोकतान्त्रीक आन्दोलनलाई फराकिलो बनाउन नेविसंघको ठूलो भूमिका छ,’ नेता महरले भने।

उनले कांग्रेसको १४औं महाधिवेशनमा आफ्ना १४ वटा एजेन्टा प्रस्तुत गरेकोमा शिक्षाको विषय प्राथमिकताका साथ उठाएको उनले बताए।

जनतालाई शिक्षा, स्वास्थ्य र खानाको अधिकार नदिँदासम्म मुलुक समृद्ध हुन नसक्ने महरले बताए। जनताका यी आधारभूत आवश्यकताको पूर्ति नगरे जनतामा लोकतन्त्र आएको आभाससमेत नहुने महरको दाबी छ।

‘घोषणा कार्यान्वयनको विषय हो। नेपालमा राजनीतिक दलहरूले आफ्ना प्रतिवद्धता पूरा गर्न सकेका छैनन्। अब नेविसंघलाई पनि प्रादेशिक संरचनामा लैजानु पर्छ। यसो गर्न सकेको भए सबैले जिम्मेवारी पाउथे। यसले आसन्त स्थानीय तह निर्वाचनमा पार्टीलाई नै सहयोग पुग्थ्यो। संगठनको नेतृत्वलाई जाम बनाउनु हुँदैन। सधैँ संगठनहरूलाई गतिशिल र चलायमान बनाउनु पर्छ। यसले संगठन नै बलियो हुने हो,’ महरले बताए।

उनले नेविसंघमा ३२ वर्षे उमेरको कम बन्दी कार्यान्वयन हुनु पर्ने बताएका छन्। त्यसैको कार्यान्वयनका लागि आफूले समयमै राजीनामा दिएको महरले बताए। उनले संगठनलाई कहिले अनिर्णको बन्दी बनाउन नहुने तर्क गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *