विकासका लागि नीतिगत सुधार र औद्योगिकीकरण अपरिहार्यः नेपाल उद्योग परिसंघ

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग परिसंघले मुलुकको समग्र विकासको लागि औद्योगिकीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेको छ । परिसंघले मुलुकको समग्र अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिकीकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गरेको ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँग आज भएको समसामयिक छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका औद्योगिकीकरण हुनुपर्ने बताए । उनले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार पनि उत्तिकै अपरिहार्य भएको उल्लेख गरे ।

अग्रवालले औद्योगिकीकरणका लागि राज्यले समयसापेक्ष नीतिगत सुधार अवसर दिनुपर्नेमा जोड दिए । उनले भने– ‘नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, औद्योगिकीकरणका लागि आबश्यक नीति निर्माण र अबसर सिर्जना गरी पूँजी लगानीको आधार तय गर्न सरकारले ढिला गर्नु हुँदैन ।’

अग्रवालले कोभिडपछि अर्थतन्त्रका केही क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि अझै एयरलाइन्स, होटेल आदि व्यवसायमा असहज परिस्थिति रहेकाले अर्थतन्त्रको विकासका लागि चुनौती रहेको बताए ।

परिसंघका निवर्तमान अध्यक्ष शतिशकुमार मोरले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नकारात्मक असर पार्नसक्ने खतरा औंल्याउँदै समयसापेक्ष नीतिगत सुधार गरेर अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पत्रकारहरुको क्षमतादक्षता अभिवृद्धिका लागि परिसंघसँग सहकार्य गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *