बजाज चेतक इभीको पहिलो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन उद्घाटन

काठमाडौं। बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हिलर सवारी साधनहरूको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो शोरूम स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोनको औपचारिक उद्घाटन गरेको छ। शोरूमको उद्घाटन साउन २० मा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिहरूद्वारा सम्पन्न भएको हो। १,८०० वर्गफुटमा फैलिएको यो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र इभी अनुभव प्रदान गर्ने गरी तयार गरिएको हो जसअन्तर्गत:
• सोरूममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा
• नक्साल शोरूममै रहेको चेतक-विशेष सर्भिस सेन्टर
• अन्तर्क्रियात्मक उत्पादन प्रदर्शन र इभी विशेषज्ञहरूसँग परामर्श
• लाइभ चार्जिङ डेमो
• लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणअनुकूल लाइटिङ र डिजिटल इन्टरफेस

यो एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र होइन सोही स्थानमै सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्रीपछि पनि उत्कृष्ट सेवा सुनिश्चित गर्ने बताइएको छ। चेतक ब्रान्डको प्रिमियमनेसलाई झल्काउने यो जोनले नेपालमा गतिशीलताको लागि उपभोक्ता सम्पर्क विन्दुहरू बढाउने दिशामा एक साहसिक कदम हो।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो विशेष शोरूम हाम्रो ग्राहकहरूको लागि विद्युतीय सवारी साधनलाई सुलभ, सहज र प्रभावकारी बनाउन गरिएको प्रतिबद्धताको प्रतिबिम्ब हो। हामी चाहन्छौं, यहाँ आउनुहुने हरेक व्यक्तिले चेतक इभीको समय सापेक्ष डिजाइन, भरपर्दो प्रदर्शन र दिगो भविष्यप्रतिको बाचा महसुस गर्न सकुन्।’

उद्घाटन कार्यक्रममा इभी प्रेमी, ग्राहक र मिडिया प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो, जसले बजाजको सहरी यात्राका लागि तयार पारिएको नयाँ विद्युतीय स्कुटर चेतक ३५०१ अनुभव गर्न उत्सुक थिए। यो अत्याधुनिक एक्सपेरियन्स जोनको उद्घाटनले नेपालभर दिगो र स्मार्ट विद्युतीय सवारी साधन अपनाउने कार्यलाई तीव्र बनाउने बजाज अटोको दृष्टिकोणलाई थप बल पुगेको छ। प्रिमियम टचप्वाइन्ट र भविष्यमुखी उत्पादन अनुभवमार्फत चेतक ब्रान्ड अब नेपालको सहरी यात्राको नेतृत्व गर्न तयार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *