सिटिजन्स बैंकले सुरु गर्यो नागरिक एपबाट अनलाइन खाता खोल्न सक्ने सुविधा

डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने त्रममा आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । यही वैशाख ७ गते बैंकले आफ्नो १५ औँ वार्षिकोत्सव मनाउँदैछ ।

नागरिक एपमार्फत खाता खोल्नका लागि ग्राहकले बैंकको वेबसाइटमा गएर नागरिक एपमार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्नेछ । त्यसपछि स्क्रिनमा देखिएको क्यूआर कोडलाई नागरिक एपबाट स्क्यान गर्नुपर्ने हुन्छ ।

यो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरु आफैँ अनलाइन फर्ममा भरिनेछन् । अनि बाँकी विवरण भरी ग्राहकले सजिलै अनलाइन खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *