हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गंजभवानीपुर बाराले बीमा दावी रकम भुक्तानी गरेको छ ।

बारा जिल्ला बारागढी गा.पा.वडा नं.६,गढहल टोलमा रहेको केन्द्र नं.२६ कि सदस्य मिनिका कुमारी पंडितको श्रीमान् जगन प्रसाद पंडितको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य मिनिका कुमारी पंडितले संस्थाबाट १ लाख कर्जा लिएकोमा सदस्यका श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक मिस जुनु कटुवालले बताइन् ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको जनाएको छ ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक मिस जुनु कटुवाल तथा कर्मचारी उमेश कुमार यादवको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *