इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य घटेको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसाले घटेर आएको छ ।
डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका सहायक प्रवक्ता पुस्कर कार्कीकाअनुसार पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ ।
यसअघि चैत महिनामा ९ अप्रिल १० मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।