नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज पनि दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.७७ अंकले घटेर २३ सय ४३.८७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से २९.६० अंकले घटेर २ हजार ३ सय ८५.६४ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ४० करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।







