एनआईसी एशिया बैंकले १५ करोडसम्म शेयर धितो कर्जा दिने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा NIC ASIA ATHOT Loan Against Share’ को कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्ने उदेश्यअनुरुप बैंकले ग्राहकमाझ शेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

इच्छुक ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्य जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गत न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिष्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत् ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।

ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने उदेश्यले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *