निलम्बनविरुद्ध ओझाको आज पनि ‘हेर्न नभ्याइने’मा

काठमाडौं । निलम्बनविरूद्ध नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिट सोमबार ‘हेर्न नभ्याइने’मा परेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा दायर रिटमा छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *