आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा तीन कम्पनी थपिएका छन्। थपिएका कम्पनीमा कालिन्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल लिमिटेड छन्। बोर्डको अनुमति पश्चात तीन कम्पनीले ४३ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको ५७ लाख ९९ हजार कित्ता आइपीओ जारी गर्नेछन्।
पाइपलाइनमा रहेका कम्पनीमध्ये सर्वसाधारणका लागि सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट नेपालले आइपीओ निष्कासनको अनुमति माग गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आइपीओ ल्याउन लागेको हो।
यस्तै सिटी होटलले १६ करोड रुपैयाा भन्दा बढीको आइपीओ निष्कासन अनुमति माग गरेको हो। होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी छ।
कालिन्चोक दर्शनले १२ लाख कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले आयोजना प्रभावितका लागि पनि आईपीओ निष्कासन गर्नेछ। बोर्डका अनुसार कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन अनुमति मागेको हो। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ।