यी हुन् दोहोरो अंकले बजार घट्दा सार्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ।आज नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूहमात्रै बढेका छन् भने ८ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक १.४४ प्रतिशतलेबढेको छ भने वित्त समूह सर्वाधिक १.९९ प्रतिशतले घटेको छ। आज ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ।

आज साढे २६ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ। आज शिवम सिमेन्टको १ अर्ब २ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी आज ङादी ग्रुप पावरको ८८ करोड ९० लाख, नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख, कालिका पावरको ८४ करोड ६५ लाख, ग्रीन भेन्चर्सको ७६ करोड ६ लाख , सानिमा माई हाइड्रोपावरको ७५ करोड ५१ लाख रुपैयाँ कारोबार भएको छ।

त्यसैगरी आज लुम्बिनी विकास बैंकको ७५ करोड ४५ लाख, हिमालयन रिइन्स्योरेन्सको ७० करोड, अरुण काबेली पावरको ६३ करोड ३५ लाख रहिमालयन डिस्टिलरीको ५३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *