तीन प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक अब साउन १९ गते दिनको एक बजे बस्ने गरी स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेले बैठक साउन १९ गते दिनको एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।

शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । प्रस्तावित विधेयकमा तिलगंगा नेत्र विश्वविद्यालय नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा सार्ने लगायतका प्रावधान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *