इरानको जेलबाट मुक्त भएका पाँच नेपाली स्वदेश फर्किए

काठमाडौं । इरानको जेलमा थुनामा परेका पाँच नेपाली नागरिक थुनामुक्त भई स्वदेश फर्किएका छन्। अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो ) उनीहरु काठमाडौं आएका हुन् ।

परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमश: सहज हुँदै गएको छ । ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *